**१.१ काठमाडौं जिल्लाको सामान्य परिचय** भौगोलिक विभाजन अनुसार काठमाडौं जिल्ला बागमती प्रदेश अन्तर्गत पर्दछ । काठमाडौं उपत्यका भित्रका ती जिल्ला मध्ये काठमाडौं देशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांश सम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन । समुद्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रगिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस -(-९) डि.से. सम्म भएको पाईन्छ भनेऔषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्र फल ३९५ वर्ग कि. मि. अर्थात ३९५०० हेक्टर रहेको छ । देशको कुल क्षेत्र फल मध्येकाठमाण्डौं जिल्लाले ०.२७ प्रतिशत भाग ओगटेको छ । **१.२ पृष्ठभूमि** स्थानीय श्रोत, साधन, परम्परागत सीप र प्रविधिमा आधारित घरेलु तथा साना उद्योगहरुको स्थापना, विकास, विस्तार, संरक्षण तथा सम्वर्द्धनका लागि प्रशासनिक एंव प्रवर्द्धनात्मक कार्य मार्फत सघाउ पुर्याउने उद्देश्यले उद्योग मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग विभाग मातहत जिल्लास्तरीय कार्यालयको रुपमा वि स २०५० सालमा यस कार्यालयको स्थापना भएको हो । राज्यको पुनर्संरचनासंगै हाल यस कार्यालय बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मातहत जिल्लास्तरीय कार्यालयको रुपमा त्रिपुरेश्वर, काठमाडौं स्थित उद्योग परिसर भित्रको भवनमा संचालनमा रहेको छ । देशको अर्थतन्त्रको समुचित विकासका लागि औद्योगिक लगानीको वातावरणलाई बढी सुविधाजनक, सरल र उत्साहवर्द्धक बनाई उत्पादकत्वमा अभिवृद्धि गरी प्रतिस्पर्धात्मक ढंगबाट औद्योगिक व्यवसाय फस्टाउने व्यवस्था गर्न श्रममूलक देशको परम्परागत कला र संस्कृति संग सम्वन्ध खास सिप, दक्षता वा स्थानीय कच्चा पदार्थ समेत साधनको परिचालन गरी घरेलु तथा साना उद्योग को प्रवर्द्धन गर्ने कार्यमा यस कार्यालय निरन्तर क्रियाशील रहदै आएको छ । उद्योग प्रशासन सम्बन्धी विभिन्न कार्य सम्पादनमा क्रियाशील हुदैआएको यस कार्यालयले वि. सं. २०७७ फाल्गुण १ गते बाट स्थानीय व्यापार सम्बन्धी फर्महरुको नयाँ दर्ताको सुरुवात गर्दै वाणिज्य प्रशासन समेत सञ्चालन गर्दै आएको छ । यस कार्यालयले सेवाप्रवाहलाई निरन्तर सुधार गर्दै सहज र प्रभावकारी बनाउने प्रयास गरेको र अनलाइन प्रणालीको समेत प्रयोग गरी विद्युतीय प्रणालीको भरपुर प्रयोग गरिरहेको छ ।